चिकित्सकको आन्दोलनले बिरामी मर्कामा

Maitrinews

  काठमाडौँ । चिकित्सकको आन्दोलन जारी छ । सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको पहल भएको छैन । ‘हामी जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार छौं,’ सरकारी चिकित्सक संघ (गोडान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘सरकारले समस्या समाधानको पहल गरेको छैन ।’ सबैलाई संघीय सरकारअन्तर्गत राखेर प्रदेश र…

नसर्ने रोगबाट ६६ प्रतिशतको मृत्यु

Maitrinews

  आज नेपालमा कुनै पनि नसर्ने रोग नलाग्ने परिवार नै छैनन् । मधुमेह, ब्लड प्रेसर, क्यान्सर जस्ता बिरामीहरु प्रत्येक घर र कोठैपिच्छे भेटिन्छन् । यस्ता रोग लाग्ने नजिकका चिनजानका मात्रै गन्ने हो भने पनि कम्तीमा २०, २५ जना सजिलै भेटिन्छन् । नेपालमा अब कुनै पनि रोग नलागेका व्यक्ति भेट्नलाई गाह्रो छ । नसर्ने रोग भन्नाले…

मानसिक रोगीको उपचारका लागि सरकारले मासिक १८ हजारसम्म उपचार खर्च व्यहोर्ने

Maitrinews

  काठमाडौं । सरकारले मानसिक समस्या भएका बिरामीहरुको उपचार तथा पुनस्र्थापनामा लाग्ने खर्च व्यहोर्ने भएको छ । सरकारले त्यस्ता बिरामीको उपचार तथा पुनस्र्थापना गर्ने अस्पताल तथा पुनस्र्थापना केन्द्रलाई प्रति बिरामी मासिक १८ हजारसम्म उपलब्ध गराउनेगरी कार्यविधि ल्याएको हो । स्वास्थ्य मन्त्रालयले ल्याएको ‘मानसिक रोगीहरुका लागि पुनस्र्थापना कार्यक्रम सञ्चालनको लागि कार्यविधि, २०७५’ ले मानसिक समस्या भएर…

हडताल गर्ने चिकित्सकहरुलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

Maitrinews

काठमाडौँ । नेपाल चिकित्सक संघले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै शुक्रबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णयगरेपछि यो सेवा प्रभावित भएको छ । कतिपय अस्पतालमा ओपीडी सेवा बन्द भएपछि आकस्मिक कक्षबाटै उपचार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विरामीहरु शुक्रबार बिहानै काठमाडौको बीर, टिचिङलगायतका अस्पताल पुगे पनि उनीहरु सेवा…

डा. केसी अस्पताल भर्ना

Maitrinews

काठमाडौँ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । अनशन बसेको छैठौँ दिनमा डा. केसीको मुटुको चाल अनियमित भएपछि सोमबार बिहान इलाम जिल्ला अस्पताल भर्ना गरिएको हो । अनशनरत डा। गोविन्द केसीको स्वास्थ्यबारे जिल्ला अस्पतालका डा। रामकृष्ण आचार्यले चेकजाँच गरिरहेका छन् । डा। आचार्यका अनुसार केसीको छातीमा समस्या देखिएको…

नेपाल क्यान्सर अस्पताललाई जापानको चिकित्सा उपकरण सहयोग

Maitrinews

ललितपुर । जापान सरकारले नेपाल क्यान्सर अस्पताललाई चिकित्सा उपकरण सहयोग गरेको छ । अन्तर्राष्ट्रिय सरोकार केन्द्रको पहलमा जापान सरकारले चिकित्सा उपकरण सहयोग गरेको हो । बिहीबार आयोजित समारोहमा जापानी दूतावासले नेपाल क्यान्सर अस्पताललाई चिकित्सा उपकरणहरु हस्तान्तरण गर्यो । नेपालका लागि जापानी राजदूतकी पत्नी इरिको साइगोले जापान सरकारले प्रदान गरेका चिकित्सा उपकरणहरु हस्तान्तरण गर्नुभयो । त्यस…

आईओएमलाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलासा

Maitrinews

  धनुषा । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमलाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो । एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्ने प्रावधान छ ।…

वायु प्रदुषण अत्यधिक, मर्निङ वाक नगर्न सुझाव

Maitrinews

काठमाडौँ । सर्वसाधारणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ । सन् २०१७र१८ को १२ महिनाको आँकडाअनुसार काठमाडौंको रत्नपार्कमा मापदण्डभन्दा ४ गुणा बढीसम्म पीएम २।५ र त्योभन्दा साना धुलोका कण रेकर्ड भएको छ। पीएम २।५ को मात्रा सन् २०१७ मा प्रतिघनमिटर हावामा १ सय…

महिनावारीका बेला महिलालाई ४० भन्दा बढी कुरामा किन प्रतिवन्ध ?

Maitrinews

  काठमाडौं। महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन राजधानीमा शुरु भएको छ। यो वर्षको महिनावारी व्यवथापनको नारा “विश्रामको लागि समय छैन, प्रत्येक नेपाली किशोरीले महिनावारीको बेला अगाडि बढ्न सुनिश्चित गरौं” भन्ने नारा तय गरिएको छ। महिनावारी स्वास्थ्य व्यवस्थापन सम्बन्धी साझेदारी सञ्जालले आयोजना गरेको सम्मेलनमा महिनावारीका क्षेत्रमा काम गर्ने ३५० जना विज्ञ, नीति निर्माता, अभ्यासकर्ता,…

महीनावारी स्वच्छताको लागि प्याड बनाउँदै किशोरी

Maitrinews

  राँझा ।   महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो । भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताउनुभयो । महीनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन…