अख्तियार प्रमुख लोकमानका सम्पूर्ण सरकारी सुविधा खोस्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा अर्को पुरक रिट निवेदन दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको सम्पूर्ण सुविधा खोस्नुपर्ने र उहाँलाई कामकारबाहीबाट रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग राखी शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको हो ।
नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको, आफूविरुद्धको प्रमाणहरु नस्ट गर्ने सम्भावना रहेकाले कार्कीविरुद्धको अन्तिम फैसला नआउञ्जेल उहाँलाई निलम्बनको अवस्थामा राख्नुपर्ने निवेदनमा माग गरिएको छ ।
साथै अधिवक्ता अर्यालले कार्कीमाथि अन्तरिम आदेश जारी नभए आफूविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा चलखेल गर्नसक्ने, अदालतको नियमित कामकारबाही अवरुद्ध पार्ने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग पनि निवेदनमा गर्नुभएको छ ।
कात्तिक ५ गते ।