काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाउँदा लुटपाटमा संलग्न एक घाइते अवस्थामा पक्राउ

काठमाडौँ, १७ जेठ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ। शनिबार साँझ जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लुटपाटमा संलग्न गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की रहेका छन्। प्रहरीले चलाएको गोली उनको बायाँ खुट्टामा लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कार्कीलाई अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकाे छ।