विशालबजार भवनको चारतला माथिबाट खसेर मृत्यु

काठमाडौँ, १२ माघ । घरको चारतला माथिबाट खसेर आज एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २२ स्थित विशालबजार भवनको चार तलामाथि फलामको पाता राख्ने काम गरिरहेका ५२ वर्षीय रमेशराज शाक्यको दिउँसो खसेर मृत्यु भएको हो ।
घरबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लाँदै गर्दा बीच बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।