मुलुकको राजनीति जटिल मोडमा

काठमाडौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अहिले राजनीतिक र संवैधानिक हिसाबले अत्यन्तै महत्वपूर्ण मोडमा रहेको बताएका छन्।
नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नंं २ द्वारा शनिवार पेप्सीकोलामा आयोजित विविध साँस्कृतिक कार्यक्रम एवम् सभालाई सम्बोधन गर्दै देउवाले संविधानले परिकल्पना गरेअनुसार तीनवटै तहको निर्वाचनपछि मात्र लोकतन्त्रले स्थायित्व प्राप्त गर्ने बताए।
“काँग्रेसकै नेतृत्वमा राजनीतिक परिवर्तनका लागि भएका हालसम्मका सबै आन्दोलनले सफलता पाएका छन्, अब तीनवटै निकायको चुनाव पनि काँग्रेसकै नेतृत्वमा हुनेछ,” देउवाले भने।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमण छिटो अन्त्य गरी मुलुकलाई समृद्धितर्फ लैजान काँग्रेस दृढ रहेको बताए। मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिन सकेसम्म स्थानीय तहको निर्वाचन आवयक भएको देउवाको भनाइ थियो । सो कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । रासस
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।