मधेशी मोर्चाले एमाले नेता बामदेव गौतमलाई घेराउ गरेपछि जनकपुरमा झडप, स्थिति तनावग्रस्त

 

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम मधेसी मोर्चाका कार्यकर्ताको घेराउमा पर्नुभएको छ भने एमाले कार्यकर्ता र मधेसी मोर्चाका कार्यकर्ताबीच भडप भएको छ । जसले गर्दा जनकपुर तनावग्रस्त बनेको छ ।
मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर पुग्नुभएका नेता गौतमलाई आज एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका हुन्।
जनकपुरको ब्रह्मपुरीस्थित महासेठको घर घेराउ गरेपछि दुवै पक्षबीच झडप छ । झडपमा दुवैतर्फका कार्यकर्ता घाइते भएका छन् । मोर्चाका नेता र कार्यकर्ताले गौतम बसेको महासेठको घर घेराउपछि त्यहाँ व्यापक रुपमा प्रहरी परिचालन गरी गरिएको छ ।