लगानीका लागि नेपाल उत्कृष्ट—महाप्रसाद अधिकारी,प्रमुख कार्यकारी अधिकृत ,लगानी बोर्ड

नेपाल लगानी सम्मेलन २०७३ केही दिन अगाडि मात्र सकिएको छ । सम्मेलनमार्फत विभिन्न मलुकका लगानीकर्ताले नेपालमा लगानीका लागि इच्छुक भएको प्रतिवद्धतचा समेत जनाएका छन् । यसै सन्दर्भमा हामीले सम्मेलन आयोजकसंस्था मध्येको एक अर्थात लगानी वोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र यसका विभिन्न पक्षमा आधारित भई गरिएको कुराकानीको संक्षेप :
हालै सम्पन्न भएको नेपाल लगानी सम्मेलन २०७३ लाई कसरी हेर्नुभयो ?
अन्तराष्ट्रिय लगानी सम्मेलन विभिन्न मुलुकले २०७३ मा १४ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसमध्ये चीनबाट सबैभन्दा बढी ८ दशमलव ३ बिलियन डलर (८ खर्ब ३० अर्ब) बराबरको लगानी गर्ने प्रतिवद्धता प्राप्त भएको छ ।
सम्मेलनमा सहभागी २ सय ४० लगानीकर्तामध्ये १६ लगानी कर्ताहरुले १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् । सो सम्मेलनको समापनका अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले चिनपछि बंगलादेशले २ लशमलव ४ बिलियन डलर (२ खर्ब ४० अर्ब) लगानी गर्ने प्रतिवद्धता प्राप्त भएको वताए । विदेशी लगानीकर्ताहरुले गरेको लगानी संबन्धी प्रतिवद्धताबाट नेपाल उत्साहित भएको छ । सो संमेलनमा सरकारको अपेक्षा भन्दा १२ गुणा बढी लगानीको प्रतिवद्धता आएको छ । यस संमेलनबाट सरकारले मुलुकमा १ खर्ब रुपैयाँ बराबरको लगानी भित्रिने आशा गरेको थियो ।
यसअघि यस्तो सम्मेलन कहिले भएको थियो ?
सरकारले २०४९ सालमा यस्तो सम्मेलनको आयोजना गरेको थियो । त्यसबेला नेपालमा ३ अर्ब ८ करोड रुपैयाँ बराबरको बैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । सरकारले २५ वर्षअछि यस्तो लगानी सम्मेलन आयोजना गरेको हो ।
सवैभन्दा कढी कुन क्षेत्रमा लगानीको चासो देखियो ?
सम्मेलनमा जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ । सम्मेलनमा पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा बनजन्य लगायत विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो । जलविद्युतदेखि होटलसम्मका विभिन्न क्षेत्रमा सो लगानी प्रतिबद्धता आएको छ । यसबाट लगानी मुभमेन्टका लागि थप उर्जा मिलेको छ ।
सम्मेलनमा कुन कुन बिषयमा छलफल भयो ?
सम्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न विषयगत सत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनुका साथै विस्तृत रुपमा छलफल भएको छ । जसमा विदेशी लगानीकर्ता, विज्ञ तथा मन्त्रीगण, स्वदेशी राजनीतिक दलका प्रमुख नेता, विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका अधिकारी, सरकारी उच्च अधिकारी, व्यावसायिक नेतृत्व, विज्ञ वक्ता तथा समूह छलफलमा सहभागी थिए ।
सम्मेलनको मुख्य उद्धेश्य के थियो ?
नेपाललाई लगानीको गन्तव्य बनाउने मुख्य उद्देश्य हो । विश्वभरका लगानीकर्तालाई नेपाल लगानीका लागि आकर्षक ठाउँ हो भनेर कसरी चिनाउने त भन्ने माध्यमका रूपमा हामीले लगानी सम्मेलनलाई लिएका छौं । सम्मेलनमार्फत गर्ने व्यापारिक तथा सरकारी निकाय र उनीहरूको भेटघाट, अन्तत्र्रिmया, प्रस्तुतीकरण आदिबाट नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो भन्ने सन्देश गएको छ ।
नेपालमा लगानीकर्ताको हितमा वातावरण छ ?
लगानीकर्ताले जहिले पनि प्रतिफल वा फाइदा खोज्छन अहिलेसम्मको अवस्था हेर्दा जस–जसले नेपालमा लगानी गरे, उनीहरूले बहुत अप्ठ्यारा दिनमा पनि प्रशस्त कमाएका छन् । उदाहरणका लागि युनिलिभर, उसले लगेको फाइदा हिसाब–किताब नगर्दा हुन्छ, त्यति धेरै छ । उसको प्रतिसेयर ३४ हजार रुपैयाँसम्म पनि पुग्यो । स्ट्यान्डर्ड चार्टर बैंक, उसले सुरुमा गरेको लगानी एकदम कम छ तर पुँजीकरण कति भयो–भयो । एनसेलको कुरा बारम्बार आइरहन्छ । एनसेलमा स्वपुँजी भनेको ८ करोड मात्र हो ।
सूर्य नेपाल, डाबरलगायत पनि धेरै फाइदामा छन् । कैयौं औद्योगिक क्षेत्रमा होस्, रियल सेक्टरमा होस् अथवा सेवाक्षेत्रमा होस्, लगानीकर्ताले प्रशस्त प्रतिफल पाएका छन् । विदेशी लगानीकर्ताले राम्रो प्रतिफल पाएर लगेका छन् । अरू टेलिकममा पनि त्यस्तै छ ।
यदि कुनै निजी क्षेत्र दक्षतापूर्ण तरिकाले चल्छ र गुणस्तर सेवा दिन्छ अनि उत्पादन बेच्छ भने उसका लागि प्रशस्त बजार पनि छ । भारत र चीनको बजार छ । अनि नेपालमा पनि ठूलो बजार छ । यसरी प्रतिफलका हिसाबले नेपाल सबैभन्दा उपयुक्त गन्तव्य हो ।
सम्मेलनको निश्कर्षले निरन्तरता पाउला ?
सम्मेलनले निकालेको निष्कर्ष वा उपलब्धिलाई निरन्तरता दिने संयन्त्र बनाएका छौं । भोलि यो सम्मेलनलाई निरन्तरता र यहाँ आएका केही प्रतिबद्धतालाई फलोअप गर्छौं नै । अनुगमन पनि गर्छौं । यसबाट निस्किएको निष्कर्षलाई कार्यान्वयन पनि गर्छौं ।
यसमा निजी, सरकारीलगायतका सरोकारवाला निकायको सहभागिता पनि हुन्छ । अहिले पनि समन्वय गर्न विभिन्न संयन्त्र छन् । लगानी बोर्डभिभत्र पनि छ । यसमा निजी–सार्वजनिक क्षेत्रको अन्तर्क्रियाका लागि पनि संयन्त्र बन्छ ।