नयाँदिल्लीको आदेशमा मधेसी मोर्चाद्वारा समर्थन फिर्ता गरेको रहस्योदघाटन,स्थानीय चुनाव हुन नदिन नयाँ षडयन्त्र सुरु

maitrinews

काठमाडौँ । नयाँदिल्लीको आदेश आएपछि संयुक्त मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज संसद्बाट घोषणा गरेर र सभामुखलाई पत्र बुझाएर समर्थन फिर्ता लिएको मोर्चाले प्रचण्डको पछिल्लो प्रस्तावलाई पनि मानेन । दिल्लीमा रहेका फोरम अध्यक्ष उपेन्द्र यादव,गृहमन्त्री बिमलेन्द्र निधि,नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भारतीय नेताहरुसँग भेट्ने र आदेश आदेश पालना गर्ने क्रममा स्थानीय चुनाव रोक्न आज मोर्चाकातर्फबाट समर्थन फिर्ता गराइएको रहस्योद्घाटन भएको हो ।
संविधानप्रति असहमति जनाउँदै पाँच महिनासम्म नाकाबन्दी र मधेशमा हिंसात्मक आन्दोलन गराएको भारतले अहिले स्थानीय चुनाव हुन नदिने फेरि मधेसी मोर्चालाई उचालेको छ । मधेसी मोर्चाले फेरि आन्दोलनको घोषणा गर्दै छन् ।
चैत २ गते ।