अनलाइन मार्फत शेयर दरखास्त लिने व्यवस्था गर्न निर्देशन

काठमाडौं । धितोपत्र वोर्ड नपालले अनलाइन मार्फत शेयर दरखास्त लिने व्यवस्था गर्न सम्वद्ध वैंकहरुलाई निदेृशन दिएको छ । वोर्डले आस्वासम्वनधी नियमावलीमा दोस्रो संशोधन गर्दै शोमवार यसतो निर्देशन दिएको हो ।
साथैआस्वा प्रणालीमा सहभागी केही वैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र खरिद सार्वजनिक निष्कासन (आस्वा) मा अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न शुरु गरिसकेको साथै यो सेवालाई अझ छिटो छरितो गर्न सवै सहभागी संस्थाहरुलाई यथाशीघ्र अनलाइन मार्फत दरखास्त लिने व्यवस्था गर्न समेत निर्देशन दिईएको हो ।
वोर्डले गरेका अन्य नयाँ ब्यवस्थामा आस्वा प्रणालीको क्षेत्र विस्तार गरीसरकारी स्वामित्व रहेको वाणिज्य वैंकलाई सहभागी गराउने, यसवाट अव पचहत्तरै जिल्लावाट आस्वा प्रणाली मार्फत दरखास्त दिन सकिने, लगानीकर्ताले वेभसाइटवाटसहज ढंगले दरखास्त फारम प्राप्त गर्न सक्ने व्यवस्थागर्ने, निष्काशन भएको धितोपत्र तोकिएको समयावधि भित्र विक्री भए नभएको यकिन गर्ने तथा दरखास्त सम्वन्धी अभिलेखलाई व्यवस्थित, छिटो छरितो र सहज गराउने छन् । यस्तै सम्वन्धित वैंक वा वित्तीय संस्थालेसमेत दरखास्तसाथ प्राप्त कागजात तथा विवरणको आवश्यक जाँचबुझ एवं हितग्राही खाता रुजु गर्न सक्ने व्यवस्था गरी वाँडफाँट समयावधि कम गर्ने, लगानीकर्तावाट दरखास्तसाथ पेश गर्नु पर्ने सेवा शुल्क वढी भएको भन्ने गुनासो आएकोमा उक्त शूल्क कम गर्ने (रु. दुई सय पचास सम्म लिन सक्ने व्यवस्था रहेकोमा सो कम गरी वढीमा रु. एक सय कायम गरिएको) तथा निष्कासन तथा विक्री प्रवन्धकले प्राप्त गर्ने शुल्क रु. दश मात्र गरिएको तथा वोर्डमा वुझाउनु पर्ने तीन प्रतिशत शुल्क हटाउने र धितोपत्र खरिद दरखास्त फारमलाई सरलीकृत गर्ने निर्णय वोर्डले गरको छ ।
धितोपत्रको सार्वजनिक निष्कासनमा १ माघ देखि ऐच्छिक रुपमा आस्वा प्रणाली लागू भएकोमा सो प्रणाली अन्र्तगत हाल सम्म तीन वटा संगठित संस्थाहरुको सार्वजनिक निष्कासन भैसकेको छ । साथै यो प्रणाली लागू भएको छोटो अवधीमा नै कुल निष्कासन रकमको करीव साठी प्रतिशत रकम आस्वा प्रणाली मार्फत संकलन भई लगानीकर्ता तथा वैंक तथा वित्तीय संस्थाहरुको उत्साहजनक सहभागीता देखिएको र छिटो यो व्यवस्था अनिवार्य गर्न माग समेत भएको वोर्डले जनाएको छ ।