अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता सम्भव होला ? किमलाई भेटन ट्रम्प इच्छुक
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ता सम्भव होला ? सर्वत्र चासो देखाइएको छ । प्योङयाङविरुद्ध हप्तौँ यता कडा अभिव्यक्ति दिइरहेका अमेरिकी राष्ट्रपति ट्रम्पले उनी उत्तर कोरियाली नेता किमलाई भेट्न इच्छुक रहेको बताए एपछि सर्वत्र चासो बढेको हो । ।
ब्लुमबर्गलाई दिएको एउटा अन्तरवार्तामा ट्रम्पले भन्नुभयो, धेरै राजनीतिक व्यक्तिले यस्तो भन्दैनन् तर म तपाईंलाई भन्छु कि यदी सही परिस्थिति बने म किमलाई भेट्छु।
उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर तनावहरु चुलिंदै जाँदा ट्रम्पको पछिल्लो भनाइ आएको हो।
ट्रम्पको अभिव्यक्ति आएसँगै ह्वाइट हाउसले एउटा विज्ञप्ती जारी गर्दै उत्तर कोरियाले दुई नेताबीचको भेटवार्ता अघि धेरै शर्तहरु पूरा गर्नुपर्ने जानकारी दिएको छ।
अमेरिका विरुद्ध आक्रमण गर्ने चेतावनी
ुउत्तर कोरियाली संकटका कारण युद्ध हुनसक्नेु
प्रवक्ता सन स्पाइसरले भनेका छन् वासिङटन उत्तर कोरियाले उसका उत्तजेनात्मक गतिविधिहरु तत्कालै बन्द गरोस् भन्ने चाहन्छ।
यसअघि सीबीएसलाई दिएको अन्तरवार्तामा राष्ट्रपति ट्रम्पले केही कडा मानिसहरुसँग जुध्दै किमले युवा उमेरमा नै सत्ता सम्हालिरहेको बताउनुभयो।
आफू सत्तामा आएको दुई वर्षपछि किमले आफ्ना काकालाई मृत्युदण्ड दिएका थिए भने हालै आफ्ना सौतेनी दाईको हत्या गराएको आरोप लाग्ने गरेको छ।
उत्तर कोरियाली नेताबारे दृष्टिकोण के छ भनेर सोधिएको प्रश्नबारे ट्रम्पले भन्नुभयो,उनी समझदार छन्रु त्यसबारे मलाई थाहा छैन्, तर आफ्ना पिताको निधन हुँदा उनी २६ या २७ वर्षका युवा थिए, उनले सेनाका जर्नेलहरु सहितका एकदमै कडा मानिसहरुसँग व्यवहार गरिरहनु परेको छ, धेरै मानिसहरुले उनीबाट सत्ता पनि खोस्न खोजे होलान् चाहे उनका काका या अरु किन नहुन्। तर उनी अघि बढ्न सफल भए, त्यही भएर उनी बाठै हुनुपर्छ।
वैशाख २० गते ।