बागी उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

maitrinews

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । सभापति देउवाले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी उम्मेदवारी फिर्ता लिएर पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको हो ।
‘एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु । तर पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारीु भन्ने उच्चतम भावना राख्न आग्रह गर्दछु,’ देउवाले भन्नुभयो ।