अमेरिकामा चपली हाइट ३ रिलिज हुने
काठमाडौं। नेपाली कथानक चलचित्र चपली हाइट ३ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। आगामी जुलाई १० तदानुसार असार २६ गते आइतवार अमेरिकाको न्यूयोर्क स्थित बम्बई थियटरमा प्रदर्शन हुने भएको हो।
अमेरिकाको न्यूयोर्कमा कार्यरत ख्यातिप्राप्त नेपाली गायक राजेश हमाल संलग्न रहेको रिभेल इभेन्ट इन्कको आयोजनामा चलचित्र चपली हाइट ३ को प्रदर्शन हुन गैरहेको हो। जसको तयारी करिब करिब पूरा भैसकेको जानकारी अमेरिकावाट गायक हमालले दिएका छन्।
चपली हाइट ३ पछिल्लो नेपाली चलचित्रमा सफल चलचित्र मानिन्छ। अर्जुन कुमारको निर्माण तथा निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स, थ्रिलर कथामा निर्माण भएको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।