ब्राउन सुगरसहित छ जना पक्राउ

बिराटनगर : प्रहरीले ब्राउन सुगरसहित छ जनालाई पक्राउ गरेकाे छ ।

बिराटनगर–१४ मुण्डा पोखरीमा डेरा गरी बस्ने रामधुनी–८का वर्ष २७ की स्वरस्वती गुरूङकाे कोठाबाट लागु औषध बिक्री वितरण गरेको भन्ने बिशेष सुराकीको आधारमा लागू औषधसहित छ जना लाई पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले पक्राउ परेकाहरू माथि अनुसन्धान भइरहेकाे जनाएकाे छ ।