सर्लाहीकाे हरिवनमा जुवा खेलिरहेका १२ पक्राउ

सर्लाही : सर्लाहीकाे हरिवन नगरपालिका–२ छाप्रोमा जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । उनीहरूलाई प्रहरीले सोमबार बिहान २ बजे जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका १ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् ।

यस्तै, कोडैना गाउापालिका २ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका २ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका ७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका २ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

प्रहरीले उनीहरुकाे साथबाट नेपाली रूपैयाँ दुई लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो, इन्भर्टर एक थान बरामद गरेकाे छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।