ल्यापटप खरिद गर्ने बहानामा ठगी गर्ने पक्राउ
भक्तपुर : ल्यापटप खरिद गर्ने बहानामा ठगी गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–११ तौमडी बस्ने ३२ वर्षीय प्रबिन किजुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–३२मा रहेका इन्फोटेक नेपाल प्रालि मा अनलाईन मार्फत् ल्यापटप खरिद गर्न १० हजार रूपैयाँ दिई काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरमा मगाएर बाँकी १ लाख ४८ हजार रूपैयाँ रकम एनएमबी बैंकको निजको खाताबाट भुक्तान गरिदिन्छु भनेर हस्ताक्षर नमिलेको र खातामा रकम समेत नभएको चेक दिई ठगी गरेको ले उनलाई अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।