अवैध सामान
एक करोड बराबरको अवैध सामान बरामद
नवलपरासी : नवलपरासीबाट प्रहरीले रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ ।
नवलपुरको कावासोती–१६ स्थित चालिस किलो जंगलमा सवारीसाधन जाँचका क्रममा प्रहरीले अवैधरूपमा भित्र्याइएको एक करोड बराबरको सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार ना ३ ख ५१६८ नंको ट्रकबाट एक करोड २६ हजार नौ सय ९० बराबरको अवैध सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका सामाग्रीहरुमा लुकाएर ल्याइएको बिलबिनाका लत्ताकपडा, चिनी तथा युरिया मल रहेको छ ।
प्रहरीले ट्रक, सामान र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।