‘यें या पुन्ही’ इन्द्रजात्राको दोस्रो दिन

काठमाडाै : आज इन्द्रजात्राको दोस्रो दिन हो ।
भाद्र शुक्ल त्रयोदशीका दिन आज साँझ कुमारीको रथ तान्ने सहयोगीहरुलाई कुमारी घरमा राखी भोज खुवाइन्छ ।

गुठी संस्थानले खुवाउने उक्त भोजलाई बलंभ्वय् भनिन्छ । यस दिन पनि नगरका विभिन्न स्थानमा लाखे, पुलुकिसि, सक्व भक्कु, महाकाली नाचहरु प्रदर्शन गरिन्छ । भने बसन्तपुरमा दशअबतार देखाइन्छ ।