नागढुङ्गाबाट लागूऔषध सहित १ जना पक्राउ

काठमाडौंः काठमाडौंको नागढुङ्गाबाट अवैध लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट उक्त लागुुऔषध सहित पाँचथर फालेलुङ गाउँपालिका–५ का २४ वर्षीय राकेश थाम्सुहाङलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

सिलगुडीबाट काठमाडौंतर्फ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।