प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
भक्तपुरः भक्तपुरकोे लोकन्थलीबाट प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभिायोगमा एकजना पक्राउ परेको छ ।
प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–२ आलापोट बस्ने ३१ वर्षीय रोशन बस्नेतलाई पक्राउ गरेको हो ।
बा.८८ प ४७८५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक रोशनले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि ड्युटीमा खटिएको प्रहरीलाई नगद ३ हजार ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेपश्चात उक्त नगद र मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बस्नेतलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकाे छ ।