सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ पुर्जी जारी गरिएको छ । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

एक १७ वर्षे नाबालिक किशोरीले लामिछोनेविरुद्ध बलात्कारको जाहेरी दिएकी छन् ।

अब प्रहरीले लामिछाने लाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।

लामिछाने हाल देश बाहिर छन् ।