मोरङमा सट्टेबाजी खेलेको अभियोगमा ४ जना पक्राउ

मोरङ : एसिया कप क्रिकेट खेलमा सट्टेबाजी खेलेको अभियोगमा विराटनगर बाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–११ पिचरा बस्ने ४२ वर्षीय राजेश ठाकुर, २८ वर्षीय रवि सहनी, ३४ वर्षीय नारायण श्रेष्ठ र २३ वर्षीय अजय सहनी रहेका छन् ।

एसिया कप क्रिकेट खेलमा सट्टेबाजी भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खेलमा प्रयोग गरिएको ४ थान मोवाईल र नगद १८ हजार ५ सय रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।