जबरजस्ती करणी गरेको अभियोगमा कोटेश्वरबाट एकजना पक्राउ

काठमाडौं : महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पक्राउ गरेकाे छ ।
एक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ काँडाघारी बस्ने ५० वर्षीय ललित श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ललितले ती महिलालाई गत आइतबार उनकै कोठामा गई जबरजस्ती करणी गरी फरार भएकाे भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरी टाेलीले उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।