पोखरामा एटिएम मेसिन फोड्दै गरेकाे अवस्थामा पक्राउ
कास्की : पोखरामा एटिएम मेसिन फोड्दै गरेकाे अवस्थामा पक्राउ परेकाे छ ।
पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हाे ।
स्थानीयले एटिएम फुटाइरहेको खबर गर्नासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका कुमाल संग थप अनुसन्धान गरिरहेको छ ।