काठमाडौं उपत्यकामा एकैदिन ३५ सय सवारी चालक कारवाहीमा
काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकैदिन ३ हजार ५ सय ३२ जना सवारी चालकलाई कारवाही गरेको छ
उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उनीहरु कारवाहीमा परेकाे ट्राफिक प्रहरीले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।
यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।