तनहुँबाट २२ किलो गाँजा सहित ३ जना प्रहरी नियन्त्रणमा
तनहुँ, ५ असाेज । तनहुँकाे आँबुखैरेनीबाट २२ किलो गाँजा सहित प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएकाे छ ।
उनीहरूलाई आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट करिब २२ किलोग्राम अवैध लागूऔषध गाँजा सहित प्रहरीेेेेले पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा सोही गाउँपालिका-४ बस्ने ३५ वर्षीया जगमाया गुरूङ लगायत ३ जना रहेकाे प्रहरीले जनाएकाे छ ।
काँकडभिट्टाबाट पोखरातर्फ आउँदै गरेको मे.१ ख ३१९५ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट मुग्लिनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।