जाजरकाेटबाट विभिन्न हातहतियार सहित एकजना पक्राउ

जाजरकोट, ६ असाेज । जाजरकाेटबाट विभिन्न हातहतियार सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने मोहित भन्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई १ थान ग्रिनेट, १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
ईन्द्र बहादुर समेत भएको कर्तव्य ज्यान मुद्दामा २०७३ चैत १५ गतेदेखि भागी फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले नलगाड नगरपालिका-५ ऐरारीमा उक्त हातहतियार सहित पक्राउ गरेको जनाएकाे छ ।
पक्राउ परेका शाहीलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।