भक्तपुरको लोकन्थलीमा १७ महिने शिशुको गाडीले किचेर मृत्यु

भक्तपुर, ७ असोज । भक्तपुरमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु भएको छ ।

भक्तपुरको लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोरा सलिन खेल्ने क्रममा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए ।

पानी झारेर गाडी अगाडि बढाउने क्रममा सलिन किचेर घाइते भएका थिए । उनको समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *