जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट एकजना पक्राउ
कञ्चनपुर, ७ असाेज । कञ्चनपुरबाट एकजना पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-१० गज्जर बस्ने १८ वर्षीय किशोरलाई बिहीबार प्रहरीले पक्राउ गरेको हाे ।
किशोरले ती महिलालाई सोही ठाउँस्थित खेतबारीमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।
