बाराबाट बयासी हजार पाँच सय नक्कली नोट सहित एकजना पक्राउ
बारा, ८ असाेज । बाराकाे सिम्रौनगढ नगरपालिका-५ कनकपुरबाट बयासी हजार पाँच सय नक्कली नोट सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय जगदेव महतो रहेका छन् । उनकाे साथबाट प्रहरीले १ हजार दरको ८१ थान र ५ सय दरको ३ थान नेपाली नक्कली नोट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महतोलाई आफ्नै घरभित्र लुकाई छिपाई राखेको उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।
प्रहरीले महतोलाई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।