वसुन्धरामा ट्याक्सीको ठक्करबाट स्कुटर चालककाे मृत्यु
काठमाडौँ, ९ असाेज । काठमाडौँको वसुन्धरामा ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–३ का ३१ वर्षीय राजु गुरुङ रहेकाे छ ।
काठमाडौँ महानगरपालिका–३ बसुन्धरामा बा२ज ११९२ नं को ट्याक्सीले बा ९१ प ५४०३ नं को स्कुटरलाई ठक्कर दिँदा गुरुङको मृत्यु भएको हाे ।
घटनामा गम्भीर घाइते गुरुङको उपचारका क्रममा आज बिहान त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनामा मृत्यु भएका गुरुङ प्रहरी प्रभाग तिलिङ्गाटारमा प्रहरी कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । घटनामा संलग्न ट्याक्सी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।