विभिन्न स्थानबाट लागुऔषध सहित ६ जना पक्राउ
काठमाडाैं, ९ असाेज । प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।
प्रहरीले भदौ २१ गते ललितपुरको महालक्ष्मीस्थानबाट इलामका २४ वर्षीय सुजन हेल्मू र साेही दिन इलामका सञ्जिव राईलाई पक्राउ गरेको थियो।
त्यस्तै भदौ २४ गते ललितपुरको थसीखेलबाट बा ५ च ७१३८ नम्बरको बोलेरो पिकअप भ्यानमा लुकाएको अवस्थामा लागुऔषध बुप्रेनोर्फिन ३३४ एम्पुल, डाइजेपाम ३३३ एम्पुल र फेनारगन ३३३ एम्पुल बरामद गरिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताए।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता खड्काले लागुऔषध एम्पुलसहित पक्राउ परेका अर्जुन ढकालसँग अनुसन्धान गर्दै जाँदा लागुऔषध एम्पुल कारोबारमा संलग्न न्यु एञ्जल कम्पनीको प्रदेश ०२ ०३ ००१ ख ३६२८ नम्बरको भाडाको बसका सहचालक बाराको कलैयाका २१ वर्षका अजय महतो र सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका वर्ष ४४ का रामबहादुर तिमिल्सनालाई भदौ २६ गते पक्राउ गरेका थिए ।