गोंगबुबाट गैंडाको खागसहित दुई जना पक्राउ
काठमाडौँ, ९ असाेज । काठमाडौँको गोंगबु बसपार्कबाट गैंडाको खागसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।
प्रहरीले बसपार्कस्थित न्यू रुकुमेली गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।