उन्नाइस किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

धनुषा, १० असाेज । सशस्त्र प्रहरीले १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई धनुषाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

झाले शरीरको विभिन्न भागमा १९.४१७ केजी चाँदी लुकाएर भारतबाट नेपालतर्फ साइकलमा ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिनुभयो ।

बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएले जनाएकाे छ ।