रोल्पाबाट भरूवा बन्दुक सहित एकजना पक्राउ
रोल्पा, १० असाेज । रोल्पाकाे त्रिवेणी गाउँपालिका-२ घोगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोही गाउँपालिका-२ धनवाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको जनाएकाे छ ।