आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
धनुषा, ११ असाेज । धनुषामा आफ्नै श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ परेका छन् ।
श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा श्रीमान् गणेशमान चारनाथ नगरपालिका-६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।
मादक पदार्थ सेवन गरेका रेबियाले श्रीमती दुलारीलाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएकाे छ ।
रेबियालाई ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।