काकाले गरे धनुषामा आफ्नै भतिजको हत्या

धनुषा, १३ असाेज । धनुषामा काकाले आफ्नै भतिजाेको हत्या गरेकाे छ ।

४ वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवान पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले हत्या सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।