यसपालीकाे दशैंमा साटियो २२ अर्बको नयाँ नोट
काठमाडौं, १३ असोज, । यसपालीकाे दशैंमा नेपाल राष्ट्र बैंकले २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणाली अन्तरगत् विभिन्न बैंकमा पठाएको छ ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि २९ भदौदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।
यस वर्षकाे दशैंमा १२ अर्ब रुपैयाँको साना दरको नोट साटही भएकाे बैंक जनाएकाे छ । यस्तै ठूला दरको (५०० र १०००) दरका १० अर्ब बराबरको नोट सहटी भएको छ ।
गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएकोमा यस वर्ष बढेको राष्ट्र बैंकले जनाएकाे छ ।