काठमाडौं बाट सालकको खपेटा सहित दुई जना पक्राउ

काठमाडौं, १४ असाेज । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाबाट सालकको खपेटा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले उनीहरूकाे साथबाट २ केजी ५ सय ग्राम सालकको खपेटा बरामद गरेको जनाएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका-४ घर भएका ५५ वर्षीय यम बहादुर कामी र सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २८ वर्षीय रत्न बहादुर मगर रहेका छन् ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय काठमाडौंमा पठाइएको छ ।