नक्कली नोट सहित सिरहाबाट एकजना पक्राउ

सिरहा, १४ असाेज । सिरहाकाे कल्याणपुर नगरपालिका-११ बाट १ हजार दरको ५ थान नक्कली नोट सहित प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले कल्याणपुर नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिइएकाे हाे ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेलापारेकाे हो ।

प्रहरीले नक्कली नोट सहित उनलाई आवश्यक अनुसन्धान गरिरहेको छ ।