देउवालाई सकस

गुरु, भुपेन्द्र र मनोजहरुलाई गगनको साथ– ‘देउवालाई विद्रोहको चेतावनी’

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसका महासचिव गगन थापाले पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको भन्दै आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने चेतावनी दिनुभएको छ । आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेबहादुर देउवाले पार्टी भित्रै अर्को पक्षधरलाई बेवास्ता गरी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिटको भागबण्डामा न्यायोचित वितरण नगरेको भन्दै कांग्रेसका युवाहरु निरन्तर संघर्षमा रहिरेका बेला थपाको यस्तो चेतावनी आएको हो । गुरु घिमिरे, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्यलगयातका युवा अहिले पनि निरन्तर आन्दोलित बनेका छन् । उनीहरुले पार्टी कार्यालयमै धर्ना समेत दिएका छन् ।

उनीहरुले सत्ता घटकका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चालाई बढी प्राथमिकता दिएर आफूहरुलाई बेवास्ता गरेको भन्दै देउवालाई आन्तरिक लोकतन्त्र बलियो बनाउन दबाब समेत दिएका छन् । शाहीले मैत्रीज्युजसँग कुराकानी गर्दै टिकट दिनका लागि मात्रै एकलौटी गरेर केही फाइदा नहुने भन्दै उहाँले दुर्भाग्यपूर्ण ढंगले अन्याय नै भयो, पार्टीमा किनारा नै लगाउने काम भयो भने विद्रोह गर्ने चेतावनी दिनुभएको थियो । ‘शेखर कोइराला समूह भनेर उसको राजनीतिक हत्या गर्ने काम भयो, चलखेल भयो भने अन्याय हुन्छ । जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ र विस्फोट हुन्छ,’ शाहीको भनाई छ,’ ‘यो लोकतन्त्र हो । यो राणा शासन होइन । त्यसैले यहाँ कसैको निरंकुशता सहेर कुनै कार्यकर्ता बस्छन् भन्ने मलाई लाग्दैन ।’

शेखर कोइराला समूह भनेर उसको राजनीतिक हत्या गर्ने काम भयो, चलखेल भयो भने अन्याय हुन्छ । जहाँ अन्याय हुन्छ त्यहाँ विद्रोह हुन्छ र विस्फोट हुन्छ,’ शाहीको भनाई छ,’ ‘यो लोकतन्त्र हो । यो राणा शासन होइन । त्यसैले यहाँ कसैको निरंकुशता सहेर कुनै कार्यकर्ता बस्छन् भन्ने मलाई लाग्दैन

शाही कै जस्तो अर्का युवा नेता मनोजमणिले पनि केही दिन अघि मात्रै मैत्रीन्युजसँगै कुराकानी गर्दै यस्तै चेतावनी दिनुभएको थियो । उहाँले वर्षौदेखि चुनावको तयारी गरेर बसेका र पार्टी–संगठनका लागि अथाह दुःख गर्नुभएका साथीहरुलाई बेवास्ता गरेर निर्वाचनको सम्मुखमा गरिने घातलाई सहि भन्न नसकिने भन्दै त्यसैका लागि विद्रोह गरेको बताउनु भएको थियो । ‘हामीले यहि कुरालाई विधिसम्मत र लोकतान्त्रिक ढंगले समाधान गर्नुपर्छ भनेर हामीले हाम्रो आवाज उठाएका हौँ । यो नेताहरुलाई खवरदारी पनि हो,’ उहाँले भन्नुभएको छ, ‘हामीले पार्टी कार्यालयमै न्यायोचित अवसर र वितरणको माग गर्दै भोलि धर्ना कार्यक्रमको आयोजना गरेका छौँ ।’

त्यसो त विद्रोहको नेतृत्व गरिरहनु भएका घिमिरेले त पार्टीले अपमान गरे प्रचण्ड उठ्ने निर्वाचन क्षेत्रमा गएर उम्मेदवारी दिनेसम्मको चेतावनी दिनुभएको छ । उहाँले आज साँझसम्मको अल्टिमेटम दिएर न्यायोचित वितरणमा बेवास्ता गरे विद्रोह गर्ने चेतावनी दिनुभएको छ । युवा नेताहरुको भनाईसँगै मेल खाने गरी महामन्त्री थापाले समेत यस्तो चेतावनी दिएपछि कांस्रेस सभापति देउवालाई उम्मेदवार छनोटमा थप चुनौति देखिएको छ ।

थापाले समानुपातिक निर्वाचनको बन्दसूची सच्याउन बेलुका पाँच बजेसम्म शेखर पक्षले देउवापक्षलाई अल्टिमेटम दिएको बेला यस्तो चेतावनी दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उहाँले आफ्नै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको मात्रै बताउनु भएको छैन । पार्टीलाई ठीक ठाउँमा पुर्‍याउनुपर्ने बेला आएको भन्दै नभए पार्टी केवल सत्ताको हतियारमात्र हुने चिन्ता व्यक्त गर्नुभएको छ । उहाँको प्रश्न छ– ‘के–का लागि पार्टी बनाएको भन्दा त चुनाव जित्नमात्रै भयो ।’