टीकाको उत्तम साइत ११ः५१ बजे

काठमाडौं, १९ असोज । आज बडा दशैंको मुख्य दिन विजया दशमी । आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ ।

आज दसैंको अन्तिम दिन । साथै सबैभन्दा प्रमुख दिन पनि हो । गएको दस दिनदेखि चलिरहेको नवरात्रिको पनि आज अन्तिम दिन हो ।

आजकाे दिन मान्यजनको हातबाट टीका र जमरा लगाइसकेपछि दसैं सकिन्छ तर मान्यजन र आफन्तकाे हातबाट पुर्णिमा सम्म टिका ग्रहण गरिन्छ ।