११ बजेर ५१ मिनेटमा पिता मोहनप्रसादको हातबाट पूर्वप्रधानमन्त्री ओलीले टीका ग्रहण

झापा, १९ असोज । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको छ ।

अध्यक्ष ओलीले र धर्मपत्नी राधिका शाक्ले बुबा मोहनप्रसादसँगै बढीआमा हरीमाया ओलीको हातबाट गृहजिल्ला झापा दमक–९, शान्तिमार्ग निजी निवासस्थित उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद ग्रहण गर्नुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले आफूसँग टिका थाप्न आउने सुरक्षाकर्मीलाई घर जान नभ्याएर आफ्नो निवासमा आउन आग्रह गर्नुभएको थियो ।