प्रचण्डको निधार खाली, सीता बाहेकको पारिवारिक तस्बिर गंगाबाट सार्वजनिक

काठमाडौँ, १९ असोज । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गर्नुभएको तस्बिर सार्वजनिक भएको छ । यता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी, बुहारी र नाति नातिनाहरुको साथमा बसेको र अरु सबैले टिका लगाएको भए पनि उहाँको निधार खाली रहेको तस्बिर छोरी गंगा दाहालले सार्वजनिक गर्नुभएको छ । तस्बिरमा बिरामी भएका कारण सीता दाहाल देखिनु भएको छैन ।