आफ्नै छोराको हत्या गर्ने बुबा पक्राउ

धनकुटा, २२ असाेज । धनकुटामा आफ्नै छोराको हत्या गरेकाे अभियाेगमा बुबा पक्राउ परेकाे छ ।

३० वर्षीय छोरा सन्ताेष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

उनलाई प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले खुकुरी सहित पक्राउ गरेको हो । प्रहरीले सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।