अवैध लागूऔषध सहित बाराबाट भारतिय नागरिक पक्राउ
बारा, २३ असाेज । बाराकाे सिम्रौनगढ नगरपालिका-२ महुवाहीबाट अवैध लागूऔषधसहित
एक भारतिय नागरिक पक्राउ परेकाे छ ।
प्रहरीले भारत बिहार राज्य पूर्वी चम्पारण पोष्ट बिजबनि ग्राम अगरवा-२ बस्ने २८ वर्षीय मोहन प्रसाद यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ यू ४०३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनकाे साथबाट डाइजेपाम ९ सय एम्पुल, फेनारगन ९ सय एम्पुल, र नोर्फिन ९ सय एम्पुल फेला पारी पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।