स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख सहित ३ जना पक्राउ

पर्सा, २३ असाेज । स्रोत नखुलेको भारतीय रूपैयाँ सहित प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको भारतीय रूपैयाँ २८ लाख ५६ हजार सहित नुवाकोट शिखरवेसी-७ बस्ने ४५ वर्षीया अनिता तामाङ लगायत ३ जनालाई शनिबार पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ता र प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त नगद सहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उनीहरू माथी आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।