दशैं पछिको पहिलो कारोबार नेप्से ४४.६२ अंकले वृद्धि
काठमाडौं, २३ असोज । दशैंकाे लामाे बिदा पछिको पहिलो कारोबार दिन शेयर बजार उकालाे लागेकाे छ ।
आइतबारदेखि खुलेको शेयर बजारमा नेप्से ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ अंकमा बन्द भएको छ । याे २.४१ प्रतिशतले भएकाे वृद्धि हाे ।
आइतबार बजार परिसूचक नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.७८ अंकले वृद्धि भएर ३७२.२१ अंकमा बन्द भएको छ ।
आइतबार नेप्सेमा १३ वटै उपसूचक वृद्धि हुँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब पनि पुगेन ।
आइतबार नेप्सेमा २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएको छ ।