त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली ल्याएकाे सुन सहित एक जना पक्राउ
काठमाडौं, २४ असाेज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट भन्सार छली ल्याउँदै गरेको सुन जस्तो देखिने पहेलो धातु सहित एक जना पक्राउ परेकाे छ ।
रामेछाप सुनापती गाउँपालिका-२ स्थायी वतन भएका ३६ वर्षीय किरण कुमार तामाङलाई आइतबार दिउँसो धातुको करिब ६० ग्राम तौलको औठी ३ थान र आईफोन मोबाईल २ थान सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकाे हाे ।
दुबईबाट हिमालय एयरलाइन्सद्वारा उनी उक्त सामान सहित काठमाडौं आएका थिए । प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा लुकाई छिपाई लैजान लागेको धातु र मोबाईल फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले उक्त धातु र मोबाईल सहित उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।