गैँडाको आक्रमणबाट एककाे मृत्यु
चितवन, २५ असाेज । चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका एक जनाकाे मृत्यु भएकाे छ ।
गत असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट रत्ननगर नगरपालिका–६ का विसुन महतोलाई बस्तीमा आएको गैँडाले आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घाइते उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा थप उपचारका लागि हिजो सोमबार काठमाडौँ लगिएकामा आज बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।