जडिबुटीबाट अवैध लागूऔषध २ केजी गाँजा सहित २ जना पक्राउ

काठमाडाैं, २६ असाेज । अवैध लागूऔषध सहित जडिबुटीबाट २ जना पक्राउ परेकाे छ ।

प्रहरीले अवैध लागूऔषध २ केजी गाँजा सहित २ जनालाई मंगलबार राति काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट २ जना पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने २५ वर्षीया मन्दिरा खड्की र सोही ठाउँ बस्ने काभ्रेपलान्चोक बनेपा घर भएकी २० वर्षीया दिपा मगर रहेका छन् ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषध कारोबार गरिरहेकाे अबस्थामा लागूऔषध सहित फेला पारी प्रक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरेहको छ ।